प्याप्सन दमक नगर समितिको अध्यक्षमा फेरी पनि जनार्दन मैनाली
दमक/ निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन ) दमक नगर समितिको अध्यक्षमा फेरी पनि जनार्दन मैनाली नै सर्वसम्मत रुपमा चुनिएकाछन् । आज भएको निर्वाचनको कार्यक्रम अनुसार उनि तेश्रो कार्यकालका लागि अध्यक्ष चुनिएकाहुन् ।
उपाध्क्षमा सन्तोष दाहाल, सचिवमा नविन योगी, कोशाध्यक्षमा सुर्यबहादुर कट्वाल निर्वाचित भएकाछन् । यसैगरी सदस्यहरुमा प्रविण पाठक, एजिला सिटौला र मित्र खत्री सर्वसम्मत रुपमा निर्वाचित भएको बताईएकोछ ।
यसैगरी प्रेम ओझा, समिर घिमिरे र डिल्लि न्यौपाने महाअधिवेसन प्रतिनिधि भएकाछन् । अध्यक्ष निर्वाचित भएका मैनालीले सवैले आफुलाई सर्वसम्मत रुपमा निर्वाचित गराएकोप्रति आभार प्रकट गर्दै दमकमा प्याप्सनलाई दर्बिलो बनाउनका लागि लाग्ने प्रतिबद्धता जनाएकाछन् ।
