२०७८ कार्तिक ९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

झापा । झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटना परी दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राती ८ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका- १२ स्थित कालीझोडा को २० प ४ नम्बरको मोटरसाइकले सोही दिशा तर्फ जाँदै गरेको मे १ त ७०६३ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक कनकाई नगरपालिका- ६ स्थित दुर्गापुर निवासी ४३ वर्षीय दिलकुमार कार्की र पछाडि सवार मेचीनगर- १३ निवासी ३० वर्षीय युवराज लिम्बु घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उपचारको क्रममा लिम्बुको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । ट्याक्टर र ट्याक्टर चालक मेचीनगर- २ निवासी २६ वर्षीय सुवास नेम्वाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बिहीबार राती १० बजे मेची राजमार्ग अन्तरगत बुद्धशान्ती गाउँपालिका- ३ स्थित सात नम्बर चौकमा मे १० प ६०७ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्र-१-०१-००१ ज ३५५५ नम्बरको पिकअप गाडी एक आपसमा ठक्कर खादा दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर चालक मेचीनगर नगरपालिका- १३ निवासी ३२ वर्षीय परशुराम लिम्बुलाई बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही स्कुटरको पछाडि सवार मेचीनगर- १३ निवासी ३० वर्षीया मनीषा लिम्बु घाइते भएकी छिन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता प्रहरीले पिकअप र चालक इलाम जिल्ला सूर्योदय नगरपालिका- १० निवासी २७ वर्षीय विवेक प्रधानलाई नियन्त्रणमा लिएको छ ।