२०७८ कार्तिक ९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

दमक/ झापाको दमक बसपार्क नजिकै अजिंगर फेला परेको छ । ईलाका प्रहरी कार्यालय दमकका प्रमुख नवराज कार्कीका अनुसार अजिंगर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेकाछन् । यसबारे थप विवरण आउन बाँकी छ ।

अजिङ्गर सरीसृप वर्गमा पर्ने सर्पको एक प्रजाति हो।  जिङ्गर ठूलो सर्प हो। यो प्रायः घना वन्जङ्गलमा बस्छ।यो रुखको ठूलाठूला मुडामा र सुकेको पातहरूमा लुकेर बस्दछ। यो कहिलेकाहिँ नदी र ठूला पोखरीहरुका आसपासका घाँसे मैदानमा पनि बस्दछ। यसको टाउको फराकिलो हुन्छ । यसका आँखाहरु साना हुन्छन् ।

आँखाको नानी पहेँलो हुन्छ। यसको शरीर सेतो र छिरबिरे रङ्ग्को हुन्छ। यसको लम्बाइ करिब सात मिटर हुन्छ। यसको ओजन अन्दाजी ९० कि•ग्रा• सम्म हुन्छ। संसारमा पाइने विभिन्न सर्पहरुमध्ये यो सबैभन्दा ठूलो सर्प हो तर यो बिसालु हुँदैन । यसले बाख्रा र मृगका पाठाहरु पुरै निल्न सक्छ।