२०७८ कार्तिक ९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

दमक/ झापाको दमकमा ३० हजार पुरुस्कार राशिको ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । दमकका स्थानिय समाजसेवी व्यक्ति विमल गुरुङद्वारा आफ्नो आमा स्व.शान्ता कला गुरुङको स्मृतिमा ४० वर्ष उमेर समुहका (भेट्रान) व्यक्तिहरुको लागि “खुल्ला शान्ता कला स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०७८” आयोजना गर्न लागेकाहुन् ।

बिजेताले २० हजार, उपबिजेताले २० हजार र तेश्रो हुनेले १० हजार पाउनेछन् । प्रतियोगिताका संयोजक सञ्जय लिम्बुका अनुसार प्रतियोगिताको तयारी तिब्र रुपमा भइरहेको छ। असोज ८ र ९ गते गरेर २ दिनसम्म प्रतियोगिता चल्नेछ । यस प्रतियोगितामा स्थानिय “सौजन्य ब्याडमिन्टन कोर्ट” को सहकार्य रहने जनाईएको छ ।