२०८१ चैत्र ४, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ झापाको दमकको पुरानो एवं स्थापित दमक आकाशेपुल नजिकै उत्तरतर्फ रहेको दमक अनलाईन कम्यूटरले समय सापेक्ष हाईरेन्जको ल्यापटप तथा कम्यूटर सहितको सेवा विस्तार गरेको छ । अनलाइन कम्यूटरले आफ्नो न्यू लुक्सको आउलेटसंगै ल्यापटप एक्सेचेन्ज क्याम्प शुरु गरेको हो ।

आउट लेटसहितको ल्यापटप एक्सचेन्ज मेला शुभारम्भ सञ्चालक सुरजका पिता गणेश बहादुरले रिवन काटेर उद्घाटन गरेका थिए । सो अवसरमा दमक जेसिजका अध्यक्ष सुयोग खरेल लगायतको उपस्थिति रहेको थियो ।

यसका सञ्चालक एवं डाइरेक्टर सुरज धिमालका अनुसार अब अन्तराष्ट्रिय स्तरका सुविधायुक्त ल्यापटप र कम्यूटरहरु यहाँ पाईन्छ । हाई रेञ्जका गेमिङ्ग ल्यापटप, कम्प्युटर र सिसिटिभि क्यामेरा, प्रिन्टर लगायतका सामाग्रि लिन यहाँका उपभोक्ता बाहिर जानु पर्ने बाध्यता नरहने उनले जनाए । विश्वबजारमा आएका ल्यापटप, कम्यूटर लगायत यससंग सम्बन्धित सबै सेवा दिनेछौ, धिमालले भने ।

आउदो असोज १२ गतेसम्म चल्ने ल्यापटप एक्सचेञ्ज क्याम्पमा कुनै पनि ब्राण्डको पुरानो ल्यापटपको सट्टामा नयाँ एप्पल, एचपी, लेनेभो, एसर,लगायतका नयाँ ल्यापटप लैजान सकिने धिमालले जनाएकाछन् ।