२०८३ कार्तिक ३, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि
मोरङ बुढिगंगा गाऊपालिका ६ सैतानपुर का २६ बर्षीय कामलिस माझी करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगी करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी गम्भिर घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको हो ।
घटना सम्बन्धमा प्रहरी चौकी कोयलपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।