कमल गाँउपालिकामा राप्रपा संगठन सुदृढिकरण र विस्तारमा आक्रमक रुपमा लाग्दै
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले संगठन विस्तार तथा आफ्नो पार्टी गतिविधिलाई तिब्रता दिएको छ । पार्टीमा आकर्षण बढ्दो रहेको र प्रवेसको लहर चलेको झापा क्षेत्र नं. ५ का क्षेत्रिय अध्यक्ष भीम पौड्यालले बताएकाछन् । पार्टीको कार्यालयहरु सञ्चालन र पार्टी गतिविधिलाई तिब्र बनाईएको पनि उनले जनाए ।
कमल गाँउपालिका वडा नं. ६ र ७ मा राप्रपाको कार्यालय स्थापना गरिएको राप्रपा कमल गाँउपालिका अध्यक्ष दीपक खरेलले बताएकाछन् । क्षेत्रिय अध्यक्ष भीम पौड्यालले कार्यालयको उद्घाटन गरेकाहुन् ।
कार्यालय उद्घाटनसंगै प्रशिक्षण कार्यक्रम समेत भइरहेको जनाईएको छ । पार्टीले कमलका ७ वटै वडामा पार्टी अगुवा कार्यकर्ताहरुका लागि प्रशिक्षण कार्यक्रम समेत शुरु गरिएको छ, खरेलले भने ।

