२०८३ कार्तिक ३, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/  नेपाली काँग्रेसको दमक नगर अधिवेसनको अन्तिम तयारी पुरा भएको छ । आईतवार विहानदेखि निर्वाचन गर्ने तालिका रहेको छ । तीन वटा प्यानल प्रतिस्पर्धामा रहेकाछन् । पदाधिकारीको अन्तिम नामवली शनिवार साँझ प्रकाशित हुँदा प्यानल नै तीनवटा बनेको छ ।

प्रकाश प्रशाई, पर्शुराम रिजाल र रोशन विष्टको प्यानल चुनावी मैदानमा रहेको छ । पार्टीभित्रको आन्तरिक निर्वाचन भएकाले जसले जितेपनि काँग्रेसले जित्ने भन्दै कार्यकर्ताहरुमा उत्साह पनि देखिएको छ ।

तीनै जना उम्मेद्वारहरुले प्यानलले नै जित्ने दाबी गर्दै आएकाछन् । सर्वसम्मत वा कम्तिमा दूई वटा प्यानल बनाउन कोशिस भएपनि त्यो सम्भव नभएको र तीन वटै प्यानल बनेको काँग्रेसका एक नेताले बताएकाछन् ।