दमकको स्वर्णलक्ष्मि सहकारीको साधरणसभाका कार्यक्रम शुरु, प्रतिवेदन सार्वजनिक
दमक/ झापाको दमक ६ स्थित स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा केन्द्र विस्तारसंगै सदस्यहरुलाई अधिकतम् सेवालाई प्राथमिकतामा राखेको जनाउदै आफ्नो साधारणसभाको कार्यक्रम शुरु गरेको छ ।
यस अन्तरगत गत आर्थिक वर्षको प्रतिवेदन सार्वजनिक गरिएको छ। संस्थाको कार्यालयमा संस्थापक अध्यक्ष बासुप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यक्ष रवि न्यौपाने सहितका पदाधिकारीहरुले प्रतिवेदन सार्वजनिक गरेकाछन् । सो अवसरमा संस्थाका अध्यक्ष न्यौपानेले कोरोनाको यो महामारीमा पनि निराश हुने अवस्था नरहेको जनाए ।
६६ करोड रुपैयाँ भन्दा वढि वचत संकलन गरेको संस्थाले करिव ९० करोड रुपैयाँ ऋण लगानी गरेको सो अवसरमा जानकारी दिईएको थियो । संस्थाका व्यवस्थापक कमल घिमिरेले कोरोनाका कारण नै बिभिन्न चरणमा साधरणसभाका कार्यक्रमहरु शुरु गरिएको जनाए ।

