२०७८ कार्तिक ९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

दमक। कोरोना संक्रमणको त्रासका कारण लामो समय दमकमा काझापाको दमकमा खेलकुद क्षेत्रका ठुला प्रतियोगिता हुन नसकेको अवस्थामा आउदो १८ गतेबाट दमकमा प्रदेश स्तरीय वडा अध्यक्ष कप भलिबल प्रतियोगिता गर्ने तयारी तिब्र रुपमा भएको छ। आगामी असोन १८, १९ र २० गते हुने सो प्रतियोगिताको विजेताले नगद एक लाखसँगै ट्रफी हात पार्ने जनाईएको छ ।

दमकको वडा नम्बर ३ को वडा खेलकुद समितिको आयोजनामा हुने खेलको उपविजेताले ५० हजार पुरुस्कार पाउनेछ । प्रतियोगितामा प्रदेश १ का विभिन्न जिल्लाका १८ पालिकाहरुको सहभागिता रहने प्रतियोगिताका संयोजक एवं पुराना खेलाडि राजु श्रेष्ठले जानकारी दिएकाछन् ।

वडा नं. ३ मा प्रस्तावित भण्डारी रंगशालाको प्रचारप्रसार समेत गर्ने उदेश्यले शुरु हुने प्रतियोगिताको तयारीबारे पत्रकार सम्मेलन गरेर नै जानकारी गराईएको छ । वडाध्यक्ष नविन बरालले वार्डले आफ्नो प्रतियोगिताको रुपमा अपनत्व लिने जनाए । प्रत्येक वर्ष आयोजना गर्ने उद्देश्यका साथ यो प्रतियोगिता संचालन गर्ने तयारी रहेको पनि बरालले बताए ।