निर्वाचनमा कि जितिन्छ कि सीकिन्छ, मैले निर्वाचनमा हारेपनि धेरै कुरा सीकेको छु-रोशन बिष्ट
दमक/ नेपाली काँग्रेस दमक नगर निवर्तमान सभापतिका उम्मेद्वार एवं निर्वतमान सभापति रोशन बिष्टले नव निर्वाचित सभापति प्रकाश प्रशाई सहित विजेताहरुलाई शुभकामना दिदै निर्वाचनले धेरै कुराहरु सिकाउने बताएकाछन् । निर्वाचनमा सहभागि भएपछि कि जितिने कि सिकिने भन्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकाछन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उनले विजेतलाई बधाई सहित आफ्ना कुराहरु राखेकाहुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-
नेपाली कांग्रेस दमक नगर समीतिको आज भएको निर्बाचनमा बिजय हुनुभएका सभापति प्रकाश प्रसाइ जि लगायत सबै टीमलाइ हार्दिक बधाइ अनि सफल कर्यकालको शुभकामना साथै मेरो दमक कांग्रेसलाइ सधै साथ र सहयोग हुने प्रतिबद्धता बक्त गर्दछु। मलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैमा आभार बप्त गर्दछु । मैले भन्ने गरेको कुरा निर्वाचनमा कि जितिन्छ कि सीकिन्छ । मैले निर्वाचनमा हारेपनि धेरै कुरा सीकेको छु । जुन कुरालाइ म मेरो जीबनमा लागु गर्ने छु । बिर्बाचनमा सयोग गर्नु हुने निर्बाचन समीति सुरक्षाकमि,पत्रकारज्यु हरु निर्वाचन स्थल प्रधान गर्नुहुने बिधालय परिवार सबैमा धेरै धेरै धन्यवाद । म फेरि दमकका सबै कांग्रेसजन र जनता को घर आगनमा पक्का आउने छु।
जयनेपाल
