२०८३ कार्तिक ३, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको दमकमा आफ्नो फरक पहिचान र गुणस्तरीय शिक्षाका लागि आफ्नो राम्रो छवि बनाएको झापा मोडल अंग्रेजी मावि (जेम्स ) ले आफ्ना बिद्यार्थीहरुलाई बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभवहरुलाई बिद्यार्थीसंग बाँड्न सहयोग तथा सहजीकरण गर्दै आएको छ ।

यसैक्रममा दुई दिवसीय विज्ञान सम्बन्धी विद्यार्थीका लागि प्रयोगात्मक कार्यशाला गोष्ठी सम्पन्न भएको जेम्सका प्रीन्सिपल सागर श्रेष्ठले बताएकाछन् । शनिवार र आइतवार दुई दिनसम्म बिद्यार्थीहरुले बिज्ञान प्रर्दशनीका साथै विषयबिज्ञसंग यस बिषयमा छलफल पनि गरेकाछन् ।

रिसर्च ईन्स्टीच्यूट फ़र वायोसाईन्स एण्ड वायो टेक्नोलोजी र ईंगेज नेपाल विथ साईन्सको संयुक्त प्रयासमा वृटिस काउन्सिल वेलायत र सोसाइटी फर एप्लाईड माईक्रोवाईलोजी वेलायतको अनुसन्धान अनुदानमा विज्ञान अध्ययनमा रूचि राख्ने विभिन्न तहका विद्यार्थीहरूलाई उत्प्रेरणा जोगाउनका लागि यो कार्यशाला भएको पनि श्रेष्ठको भनाई छ । यसले बिज्ञानमा रुचि राख्ने बिद्यार्थीहरुका लागि धेरै नै फाइदा पुग्न सक्ने उनले जनाए ।

विद्यार्थीहरूले मानिसले सेवन गर्ने हरेक खानामा व्याक्टेरियाको भूमिका , फाइदा र वेफाइदाको विष्लेषण गरेका थितए । उनिहरुले खानामा पाईने हानिकारक व्याक्टेरियाका वेफाईदा, मानव स्वास्थ्य प्रणालीमा पुग्ने असर लगायतका बिषयमा पनि कार्याशालामा बिद्यार्थीहरुले गहन रुपमा छलफलमा सहभागि भए ।

विद्यालयमा जलवायु परिवर्तन सम्वन्धी स्थापना भएका विभिन्न यन्त्रहरूको बिषयमा पनि बिद्यार्थीहरुले प्रयोगात्मक रुपमा जानकारी लिएका थिए । वायु प्रदूषणको मात्रा मापन, पानीमा प्रदूषणको मापन , वर्षाको पानीको मापन गर्ने विधि प्रयोगशाला मार्फत बिद्यार्थीले सीप पनि सिकेका थिए ।

रिबका अध्यक्ष प्रज्ज्वल भण्डारीले कक्षा ८देखि १२ सम्मका विद्यार्थीहरूसंग स्कोप अफ वायोटेक्नोलोजी विषयमा “करियर टक” कार्यक्रम संचालन गरेका थिए  । शुभेच्छा वास्तोला (पव्लिक ईंगेजमेन्ट मैनेजर ) रोजलिना मानन्धर( को ईन्भेष्टीगेटर), मनिष वराल (ल्याब मैनेजर ) प्रतिमा तामांग ( रिसर्च ईन्टर्न ) र क्षितिज श्रेष्ठ (फोटोग्राफर ) ले सहजीकरण गरेका थिए ।