सुन चाँदी ब्यवसायी संघ दमकको पदस्थापन-ब्यवसायीकोअधिकतम हितमा लाग्ने नवनिर्वाचितहरुको प्रतिबद्धता

दमक/ सुन चाँदी ब्यवसायी संघ दमकको पदस्थापन भएको छ । दमकका सामाजिक तथा ब्यवसायीक अगुवा पुराना सुन ब्यवसायी काशिराम विश्वकर्मा (खाती )लाई निर्वतमान अध्यक्ष शेरबहादुर गजमेरले पद हस्ताण्तरण गरेकाछन् । अध्यक्षसंगै नयाँ कार्य समितिले नै आफ्नो कार्य शुरु गरेको छ ।
छैठौ अघिवेसनबाट उपाध्यक्षमा पुष्पलाल शन्कर , सचिब चन्द्र गजमेर, सह सचिवमा उमेश गजमेर र कोशाध्यक्षमा हेमसागर अधिकारी, सदस्यहरुमा जितबहादुर बिस्वकर्मा,नन्दबिर ल्वागुन, विवेक लाम्गाँदे, अजितकुमार शंकर, रुपक सापकोटा, रोहितबहादुर विश्वकर्मा, विश्वनाथ नेपाल, सुष्मा निरौला केसी निर्वाचित भएका थिए ।
सुनचाँदी ब्यवसायमा रहेका समस्या र चुनौतीहरुको सामधानका लागि एक ढिक्का भएरलागि पर्ने सो अवसरमा नव निर्वाचित अध्यक्ष विश्वकर्माले बताए। उनले हरेक सदस्यहरुले यो मेरो सस्था हो र मेरो पक्षमा छ भन्ने महसुस गराउनका लागि लागि पर्ने मेरो प्रतिबद्धता पनि जनाए ।
सचिव चन्द्र गजमेरले पुराना पदाधिकारी तथा सदस्यहरु एवं अग्रजहरुसंग समन्वय गरेर नै आफुहरु अघि बढ्ने जनाउदै समय सापेक्ष रुपमा संघलाई क्रियाशिल बनाएर अधिकतम् रुपमा सुनचाँदी ब्यवसायीको हितमा लागि पर्ने बताए ।