२०८० चैत्र १६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दशैंको अवसर पारेर दमकमा फनपार्क सञ्चालनमा आएको छ । ‘दमक फनपार्क एण्डएग्रो टुरिजम प्राली’ले करिब रु १३ करोडको लागतमा आजदेखि फनपार्क सञ्चालनमा ल्याएको हो । करिव ६ बिघा क्षेत्रफलमा सवारी पार्किङको व्यवस्थासहित सुरुआत भएको पार्कमा प्रमुख आकर्षकका रुपमा गोल्डेन टापु, फनपार्क र बोटिङ छ ।

त्यस्तै बालबालिकालाई सुरक्षित किसिमको मनोरञ्जनस्थल छुट्टै निर्माण गरिएको छ । पार्कभित्रै स्तरीय रेष्टुराँ पनि सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष योगराज दङगालले जानकारीदिनुभयो ।होटल तथा पर्यटन व्यवसायका अनुभवी युवा संलग्न भएर सञ्चालनमा ल्याइएको दमक फनपार्कलाई पूर्व क्षेत्रकै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउने प्रयत्न गरिएको उहाँले बताउनुभयो ।

दमक फनपार्क एण्डएग्रो टुरिजम प्रालीका सञ्चालक एवं प्रवक्ता बिप्लव दंगालका अनुसार पुर्वमा फरक किसिमको सुविधा र आनन्द यहाँ लिन सकिने जनाए । उनले दमकमा मात्र नभएर पुर्वमा नै फरक किसिमको रमणीय स्थल बनेको उनको भनाई छ ।