२०८३ असार १७, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज विहिबार गृह जिल्ला झापा आँउदैछन् । बडादशैं,तिहार, छठ र नेपाल संवतको पावन अवसरमा आयोजना गरिने शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन ओली झापा आउने भएपछि यसको लागि तयारी पुरा भएको झापाका पार्टी अध्यक्ष चिन्तन पाठकले बताए ।

कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलका नेता कार्यकर्ता तथा सामाजिक संघसंस्थालाई निमन्त्रणा गरिएको पनि जनाईएको छ । चाडवाडमा जिल्लाबासीका लागि शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरिएको हो ।

बिर्तामोडको सिटी सेन्टरमा हुने कार्यक्रमको अधिकाँश तयारी पुरा भएको र ओलीको पर्खाई शुरु भएको जनाईएको छ । ओलीले बर्षेनी झापामा चियापान कार्यक्रम राख्दै आएकाछन् । यो यसैको निरन्तरता भएको एमालेका एक नेताले जनाए ।