२०८३ असार १७, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक / दमक सहित झापामा दशैको यो समयमा पेट्रोलको अभाव भएपछि उपभोक्ताले सास्ति बेहोर्नु परेको छ । टिका तथा आर्शिबाद थाप्न आफन्तका हिडेकाहरु पेट्रोलपम्पको लाईनमा पेट्रोलको पर्खाइमा बस्नु पर्ने अवस्था आएको छ ।

पेट्रोलको अभाव भएपछि उपभोक्ताहरुले सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोखेकाछन् । सरकारले यस्तो अवस्थामा पनि सहज रुपमा पेट्रोलियम पदार्थ अभाव गराएको भन्दै उपभोक्ताले आक्रोश पोखेको पाईएको हो ।