२०८३ असार १७, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ माग्नेको भेषमा रहेका केहि महिलाहरुले दमक ६ स्थित शंखधर चोक नजिकै बजार भर्न आएकी एक जना बृद्धा महिलाको साथबाट नगद लुटेर भाग्न खोज्दा पक्राउ परेकाछन् । यसरी २ जना जना पाकेटमार महिला पक्राउ परेको बताईएकोछ ।

शुक्रबार दिउसो भएको यो घटनामा संलग्न महिला काखमा बच्चा च्यापेर नपत्याउदो शैलीमा बजारमा घुम्ने गरेको र मौका पाउन साथ पकेटमार्ने गरेको बताईन्छ । उनीहरुले ब्याग खोसेर पैसा लुटदै गर्दा थाहा पाएपछि बजारमा होहल्ला मच्चिएको थियो ।

लुटपाटमा संलग्न दुवै महिलालाई इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली बोलाएर जिम्मा लगाइएको घटनाको प्रत्यक्षदर्शी समेत रहेका सामाजिक तथा राजनीतिक व्यक्तित्व देउकुमार नेम्वाङले बताए ।