महेन्द्ररत्न मावि समयगढका पुर्व बिद्यार्थी, शिक्षक र विद्यालय परिवारहरुबीच पुर्नमिलन कार्यक्रम
दमक/ झापाको कमल गाँउपालिका २ समयगढमा महेन्द्ररत्न माविमा पुर्व बिद्यार्थी, शिक्षक र विद्यालय परिवारहरुबीच दशै, तिहार, छैठ लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा पुर्नमिलन कार्यक्रम भएको छ । काम विशेषले यहाँ रहेका तथा बाहिर रहेकाहरुबीच भेटघाट नहुने भएकाले चाडपर्वको अवसर पारेर भेटघाट सहित शुभकामना आदानप्रदान गरिएको पुर्व बिद्यार्थी एवं बिद्यालय ब्यवस्थान समितिका अध्यक्ष सन्तोष अधिकारीले बताए ।
बिद्यालयको गरिमालाई बढाउन पुर्व बिद्यार्थीहरुको तर्फबाट बिद्यालयमा अक्षयकोष बनाउने, छात्रबृतिका लागि आवश्यक ब्यवस्थापन गर्ने, बिद्यालय ब्यवस्थापनसंग सहकार्य गरेर बिद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर विकासमा सहयोग गर्ने, प्रत्येक बर्ष पुर्नमिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम राख्ने, पुर्व बिद्यार्थीहरुको मुल ब्यवस्थापन समिति र अन्य बिभिन्न समित बनाउने लगायतको निर्णय भएको पनि अधिकारीले जनाएकाछन् ।
अक्षयकोषका लागि ५० हजारभन्दा बढि रकम संकलन पनि भएको अधिकारीले बताए । दमक नगरपालिकाका अधिकृत यज्ञराज निरौला, कमल गाँउपालिका शिक्षा शाखा प्रमुख सुर्य न्यौपाने लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष पवन राईले कार्यक्रमको संयोजन गरेकोमा धन्यवाद दिदै बिद्यालय सुधारका लागि सहयोग गर्न अनुरोध गरेका थिए ।
