२०८३ असार १७, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ ढुण्डिराज भण्डारी नेपाली काँग्रेसभित्र झापामा युवा अवस्थामा नै पार्टीको नेतृत्वमा आएका ब्याक्तिहुन् । जो दमक नगर सभापति भए त्यस पछि क्षेत्रिय सभापति । अहिले पनि उनि क्षेत्रिय सभापति नै रहेकाछन् । पहिला उनि साविक क्षेत्रको सभापति रहेका थिए । पछिल्लो समय क्षेत्र बिस्तार भएसंगै अब उनि फेरी एकपटक यहि पद दोर्याउने ध्याउन्नेमा रहेकाछन् ।

उनले क्षेत्रिय सभापतिमा (क्षेत्र नं. ५) आफ्नो उम्मेद्वारी घोषणा गर्दै बलियो दाबेदारी प्रस्तुत गरेकाछन् । गौरादह नगरपालिका नगर प्रमुख सहित रहेका रोहितकुमार शाहको नाम चर्चामा आएपनि उनले सभापतिको रुपमा औपचारिक रुपमा उम्मेद्वारी घोषणा नगरेकाले उनको दाबेदारीलाई बलियो रुपमा हेरिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत देखि लिएर क्षेत्रिय प्रतिनिधिसम्म उनले मत माग्न थालिसकेकाछन् । काँग्रेसका स्थानीय नेता कार्यकर्ताको भावाना बमोजिम आफुले अहिले उम्मेद्वारी दिएको र सबैको साथ एवं सहयोगले सर्वसम्मत बन्नेमा आफु आशाबादी रहेको उनि बताउछन् ।

पुराना र नयाँ पीढिको भावानालाई समेटेर जान सक्ने आफ्नो छवि बनाएका भण्डारीले स्थानीय तथा प्रदेश र संघीय निर्वाचनमा काँग्रेसको उपस्थितिलाई बलियो बनाएर पार्टीको संगठनलाई सुदृढिकरण गर्दै मजबुद बनाउनका लागि आफ्नो उम्मेद्वारी रहेको बताउदै आएकाछन् ।