२०८० चैत्र १६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ युवराज गजमेर झापाको दमकमा शैक्षिक र सामाजिक क्षेत्रमा एउटा उदाउदो नाम हो । दमकका शैक्षिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल गजमेर दमकमा कर्नरस्टोन फाउण्डेशन (नीजि बिद्यालय) चलाउछन् । उनि धार्मिक कार्यमा पनि सक्रियछन् । उनि बेथेल चर्च, दमकका पनि पास्टर हुन् ।

इलाम चुलाचुली ४ स्थित आइतबारे बजार परिसरमा बजार सरसफाई तथा व्यवस्थापनमा उनले महत्वपुर्ण भुमिका खेलेकाछन् । उनको पुरानो घर चुलाचुली हो । यहाँको बजार सरसफाइ सम्बन्धिको कार्यमा सहयोग पुर्यान बजारका लागि ५० हजार रुपैयाँ बराबरको डस्ट्बिन र गाउँपालिकालाई १० हजार बराबरको डस्टबिन उपलब्ध गराएका थिए ।

उनले यसभन्दा अघि यहाँको बजार क्षेत्रमा १ लाख २० हजार रुपैँयाको लगानीमा सार्वजानिक खानेपानीको बोरिङ्गको ब्यवस्थापन गरेका थिए । स्थानीयको खानेपानीको समस्इा सामधान गर्न सहयोग पुगोस भनेर उनले चुलाचुली ४ स्थित गैरी गाउँमा इनार पनि बनाईदिएकाछन् ।

गजमेर लायन्स क्लब अफ दमक हेल्पिङ हर्टको प्रथम उपाध्यक्ष पनि हुन् । उनि पछिल्लो समयमा लायन्स क्लवको माध्यमबाट सामाजिक कार्यमा सक्रिय रहदै आएकाछन् । गजमेरले कोरोनाको पहिलो भेरियन्ट आएको बखत कोरना महामारीका कारण हातमुख जोर्न समस्यामा परेका अति बिपन्नहरुलाई निजी खर्चमा ३५० मजदुर तथा सुकुम्बासी परिवारलाई खाद्यन्न लगायतका राहत दिएका थिए ।

उनका लागि विदेश नौलो बिषय छैन । उनले थुप्रै देश घुमेकाछन् । उनि चाहानु भने अहिले पनि सुविधासम्पन्न मुलकमा सहज रुपमा भिसा र बस्न सक्छन् । तर उनलाई आफ्नो ठाँउ र समाजमा केहि गर्ने धोको रहेको बताउछन् । शैक्षिक र सामाजिक क्षेत्रमा उनको पहिचान बनाउने धोको छ ।