बहुप्रतिक्षित एजेण्डा पास भएकोमा सबै लायन्सकर्मीहरु बधाईको पात्र-रेवत कार्की
दमक/ लायन्स क्लव अफ नेपाल ३२५ ए वानका डिस्ट्रिक गर्भनर रेवतबहादुर कार्कीले नेपालमा नेपालमा लायन्यस क्लव र सदस्यहरुको बढ्दै गएपछि १५ वटा डिस्ट्रिक निर्माणको निर्णय भएको भन्दै यो खुशिको सन्देश भएको बताएकाछन् । उनले यसमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा सम्पूर्ण लायन्सकर्मीेहरुको योगदान रहेको पनि बताए ।
उनले झापाको दमकमा यहाँका लायन्स लिडरहरुसंग संक्षिप्त रुपमा शुभकामना आदानप्रदान गर्दै चाडपर्व मनाउदै सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहन पनि आग्रह गरे । बिशेष गरेर केहि समय अघि आएको हावाहुरी तथा बर्षाका कारण समस्यामा परेकाहरुलाई सबैको सहयोग आवश्यक भएको उनको भनाई थियो ।
दमकको थकाली किचन भएको शुभकामना आदानप्रदानमा गर्भनर कार्कीले पिन लगाएर लायन्स लिडरहरुलाई सम्मान सहित शुभकामना साटासाट गरेका थिए । सो अवसरमा दमकका लायन्स लिडरहरु अजय अग्रवाल, दिवस राई, चन्द्र गजमेर, विमल शर्मा, हेमसिंह अधिकारी, तुलसी तिम्सिना, खेम सापकोटा र बिष्णुपोखरेल लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा रिजन चियर पर्सन विवश राईले यहाँको लियो क्लवले आफै उत्पादन गरेको फुल गर्भनर कार्कीलाई सशुल्क रुपमा उपलब्ध गराएका थिए ।
