२०८३ कार्तिक ३, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ दमक मोबाइल ब्यबसायी संघले दशै, तिहार,छठ लगायतका चाडपर्वहरुके अवसरमा शुभकामना आदानप्रदान सहित देउसि भैलो कार्यक्रमको आयोजना गरेको छ । दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्यमा दमक ८ स्थित होटल कोरोनेशनमा कार्यक्रम भएको हो ।

सबैलाई ब्यवसायमा सफलता मिलोस भनेर अध्यक्ष श्रेष्ठले शुभकामना दिएका थिए ।  दमकका अधिकाँश मोवायल ब्यवसायीहरुको उपस्थिति रहेको र प्रत्येक बर्ष यसरी चाडपर्वमा कार्यक्रम मनाउने छलफल भएको संघका अध्यक्ष भेनश श्रेष्ठले बताए ।