दमकमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किएर दुर्घटना
दमक/ दमक २ मिलडाँडास्थित भित्री पक्की सडकमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा पति पत्नीसहित तीन जना घाईते भएका छन ।
हिजो आइतबार बिहान करिब सवा ९ बजे उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र१–०१–०१४प २५०० नम्बरको स्कुटर र विपरित दिशाबाट जाँदै गरेको मे११प ४८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर स्कुटर चालक दमक –७ का २० बर्षिय पुष्कर मगर श्रीमती १७ बर्षिय प्रिती मगर घाईते भएका हुन ।
प्रितीका ९ वटा दाँत झरेका बताइएको छ भने पति पुष्कर समेत सामान्य घाईते भएका हुन । दुर्घटनामा मोटरसाइकल चालक दमक ३ का २० बर्षिय प्रवेश तामाङ पनि सामान्य घाईते भएका ट्राफिक प्रहरीले जनाएको छ । घाईतेहरु मगर दम्पतीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि पठाइएको जनाइएको छ ।

