दमकको रतुवापुलपारी लभडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–५ लभडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रदेश १–०२–०४१ प २००० नम्बरको मोटरसाइकल गए राति पौने १ बजे अनियन्त्रित भएर पल्टिँदा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय डिल्लीराम शाहीको मृत्यु भएको हो ।
शाहीको दमक अस्पतालमा उपचारको क्रममा राति पौने २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २५ वर्षीय रुपम तामाङ घाइते भएका छन् ।

