राप्रपाको प्रदेश अधिवेसन दमकमा, राम थापाको अध्यक्षमा दाबेदारी
दमक। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको प्रदेश १ कोअधिवेसनको तयारी पुरा भएको छ । राप्रपाले झापाको दमकमा पहिलो प्रदेश अधिवेशन गर्ने भएको हो। दमकमा पत्रकार सम्मेलन गर्दै प्रदेश संयोजक राम थापाले अधिवेसनको तयारी पुरा भएको जनाएकाहुन् ।
आउदो कार्तिक २८ र २९ गते हुने अधिवेशनको पार्टी अध्यक्ष कमल थापाले उद्घाटन गर्ने बताईएको छ । अधिवेशनमा प्रदेश १ का १४ जिल्लाबाट ५ सय ५४ जना प्रतिनिधि सहभागि हुने थापाले बताए । पर्यवेक्षक र अन्य गरेर अधिवेसनमा ७ सय जनाका लागि ब्यवस्थापन गरिएको समेत थापाको भनाई रहेको छ ।
यसैबीच थापाले आफुपनि प्रदेश अध्यक्षको दाबेदार भएको बताएकाछन् । यो उम्मेद्वारी घोषणाका लागि भएको पत्रकार सम्मेलन होइन तर पनि चासो राख्नु भएकाले म पनि उम्मेद्वार हुँ, उनले भने । थापाले सर्वसम्मतका लागि अधिकतम प्रयास हुने पनि जनाए ।


