दमकको नयाँबाटो बहुद्धेशीय सहकारीको साधरणसभा
दमक/ नयाँबाटो बहुद्धेशीय सहकारी संस्था दमक ७ ले आफ्नो ७ औ बार्षिक साधरणसभा गर्ने क्रममा आज आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । आफ्नै कार्यालयमा आज अध्यक्ष टिकाराम खतिवडा सहित पदाधिकारी तथा सञ्चालक सदस्यहरुको उपस्थितिमा प्रतिवेदन सार्वजनिक भएको हो ।
कोभिडको संक्रमण अहिले पनि नघटेकाले आईतवार र सोमबार प्रतिवेदन वितरण सहित साधरणसभा गरिने निर्णय रहेको सहकारी संस्थाका सचिब लोकेश सापकोटोले जनाए । दमकका युवा ब्यवसायीहरु यस सहकारीमा रहेकाछन् ।
सहकारीले शेयर पुजी बढाएर ९१ लाख १४ हजार ७ सय १३ पुर्याएको छ । सहकारीले उलेश्यसंग मेल खाने सहकारीसंग सहकार्य तथा मर्ज गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

