२०८३ असार १७, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको पहिलो प्रदेश अधिवेसनमा मिलेर सहमतिको आधारमा नेतृत्व चयनका लागि आग्रह गरेकाछन् । पार्टीका दुईजना धरोहर राम थापा र भक्ति सिटौलाबीच निर्वाचनको तयारी भइरहदा अधिवेसको उद्घाटनमा आएका थापाले दुबैजना पार्टीका लागि चाहिने भएकाले सहमति गर्न आग्रह गरे ।

उनले सिटौलातिर संकेत गर्दै राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने क्षमता भएकाले आफुलाई सहयोग गर्न राजधानी नै आउन पनि उनले आग्रह गरे । थापा र सिटौला हारेको हेर्न मलाई छैन, उनले भने । पार्टीको अधिवेसन दमकमा हुँदैछ ।

५ सयभन्दा बढि प्रतिनिधि सहित पर्यवेक्षकहरु गरेर दमकमा ७ जनाभन्दा बढि १४ जिल्लाबाट प्रतिनिधिहरु दमकमा आएकाछन् । दमक ८ स्थित कस्मिक पार्टी प्यालेशमा निर्वाचनको कार्यक्रमको तयारी भइरहेको छ ।