आजबाट शुक्रबार दमक बन्द हुन थाल्यो
दमक/ दमक उद्योग बाणिज्य संघको सूचना अनुसार आज शुक्रबारबाट हप्ताको एकदिन बजार बन्द हुन थालेको छ । कोरोनाको महामारीका कारण लामो समय भएको लकडाउनले गर्दा २ बर्ष यता शुक्रबार दमक बजार बन्द गर्ने कार्य रोकिएको थियो ।
बीचमा चाडपर्वहरुका कारण पनि संघले शुक्रबार पनि बजार खुला गर्दा केहि पनि गरेको थिएन । आज शुक्रबारबाट नै संघले सार्वजनिक सूचना जारी गरेर नै बजार बन्द गर्न ब्यापारीहरुलाई आग्रह गरेपछि अघिकाँश पसलहरु बन्द रहेको पाईएको छ ।

