नेपाली काँग्रेसको प्रदेश सभापतिमा रबि न्यौपाने (के.सी) बिजयी
दमक/ नेपाली काँग्रेस क्षेत्र नं. ५ अन्तरगत प्रदेश (ख) को निर्वाचनमा प्रदेश सभापतिमा रबि न्यौपाने (के.सी) निर्वाचित भएकाछन् । चुडेन्द्रकुमार खड्कालाई एकसयभन्दा बढिको मतान्तरले हराउदै केसीले विजय हासिल गरेकाहुन् । आन्तरिक निर्वाचनमा दूईवटा प्यानल सहितको निर्वाचन आज भएको हो ।
दमक नगर समितिको कार्यालयमा भएको निर्वाचन र अहिले साँझ भएको मत गणना अनुसार शुरुमा खड्काले २ मतले अग्रता लिएपनि त्यसपछि केसीले निरन्तर फराकिलो मतान्तर बनाउदै लगेका थिए ।
मत परिणाम
रबि केसी-२३८
चुडेन्द्र -१३६

