२०८३ कार्तिक ३, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ बबरजंग थापा (किरण) पूर्व क्षेत्रको व्यवसायिक तथा सामाजिक क्षेत्रमा स्थापित नाम हो । दमक ५ निवासी थापा दमकलाई कर्मथलो बनाएर क्रियाशील छन । अन्तराष्ट्रिय सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ इन्टरनेशनल मार्फत उनले पुर्वमा आफ्नो पहिचानलाई निक्कै स्थापित गराए ।

नेपाली काँग्रेसलाई दमकमा पार्टी कार्यालय बनाउन उनको परिवारले नै जग्गा दान दिएको थियो । बुबा स्व. खडगबहादुर थापाको स्मरण गर्दै बबरजंग भन्छन– हिजोका दिनमा बुबाले जुन सपना देखेर र उद्धेश्य राखेर पार्टीलाई सहयोग र योगदान दिनु भयो आज उहाँको त्यो सपना पूरा गर्न म पनि लाग्नुपर्छ भन्ने लाग्यो, उनले भने ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा झापा क्षेत्र नं ५ बाट खस आर्य समुहमा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको उनले जनाए उनले भने – म त्यति साह्रो सक्रिय राजनीति गर्न खोज्ने वा चाहने मान्छे त होइन तर समयको माग बन्यो ।

नेपाल लोकतान्त्रिक व्यवसायी संघ दमकको संयोजक समेत रहेका थापा व्यवसायीहरुको छाता संगठन दमक उद्योग वाणिज्य संघको निर्वाचनमा लोकप्रिय मत ल्याएर व्यवसायीको नेतृत्व गर्न सफल भएका व्यवसायी नेता हुन ।