२०७८ मंसिर २०, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता २ हप्ता अगाडि
दमक/ झापा मेचीनगर नगरपालिका ६ फाईरिङ चोक स्थितमा अटो टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५१ बर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन् । हिजो बेलुका साढे ६ बजे पुर्ब तर्फ आउदै गरेको मे१ह ६४५० नम्बरको अटोले ठक्कर दिँदा गम्भिर घाईते भएका अधिकारीको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको थियो । अटो र चालक झापा मेचीनगर नगरपालिका ६ नकलबन्दा का ३२ बर्षीय सुरेन्द्र राजबंशी ईलाका प्रहरी कार्यालय काकरभिट्टाको नियन्त्रणमा रहेको छ । घटनाकोबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकोछ ।