२०७८ मंसिर २०, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता २ हप्ता अगाडि

दमक/ नेपाली काग्रेसको झापा जिल्ला अधिवेसन नजिकिदै जाँदा उम्मेद्वारी घोषणा शुरु भएको छ । दूई प्यानलमा उम्मेद्वारहरु देखिएकाछन् । आन्तरिक प्रतिस्पर्धाका लागि दूई प्यानल बनेर आफ्ना एजेण्डाहरु प्रतिनिधिमाझ राख्न थालेकाछन् । यसैक्रममा जिल्ला सभापतिका उम्मेदवार देउमान थेबेको टिमबाट दमकका शेरबहादुर भट्टराई उपसभापतिको उम्मेद्वार बनेकाछन् ।

सादकी नेताको रुपमा परिचत भट्टराई सामाजिक र राजनीतिक क्षेत्रमा पुरानो नाम हो । निरन्तर राजनीतिमा सक्रिय रहेर पनि अहिलेसम्म कुनै पनि प्रकारको लाभको पदमा लालच नदेखाएका उनको उम्मेद्वारीले काँग्रेस बृतमा असल छबि भएका उम्मेद्वारको रुपमा उनको चर्चा छ ।

यसभन्दा अघि उनको संघीय महाअधिवेसन प्रतिनिधिमा नाम चर्चामा रहेको थियो । उनले अन्तिम समयमा अन्य उम्मेद्वारहरुलाई छाड्दै उम्मेद्वारी दर्ता गरेका थिएनन् । अढाई दशकदेखि कांग्रेस राजनीतिको अभिच्छिन्न रुपमा उनि लागिरहेकाछन् ।

काँग्रेसको झापा जिल्ला अधिवेशन यही मंसिर १० गते बिर्तामोडको बिर्ता बजारस्थित अनारमनी पब्लिक क्याम्पसमा हुने तय भएको छ । काँग्रेसको जिल्ला निर्वाचनमा जिल्लाका १५ वटा पालिका अन्तरगत रहेका १३१ वटा वडा बाट छानिएका क्षेत्रीय प्रतिनिधि र पालिका तथा वडाका सभापति गरि कूल ३३ सय ३५ जनाले निर्वाचनमा मतदान गर्नेछन् ।