दमकको अति ब्यस्त बजारमा युवकको हत्या, विरोधमा दमकका पसल बन्द !
दमक/ झापाको दमकको ब्यस्त रहने नमुना बजार तथा घिमिरे मार्केट नजिकै एक युवको धारिलो हतियार प्रयोग गरि हत्या भएको छ । हिजो बेलुकी दमक २ का २५ बर्षिय प्रकाश पराजुलीको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्नहरुको खोजि कार्यलाई तिब्र बनाएको जनाएको छ । हत्याको कारण भने अहिलेसम्म सार्वनिक हुन सकेको छैन । हत्यारा पत्ता लगाउनका लागि प्रहरीलाई दबाब दिनका लागि र सुरक्षा मजबुद बनाउनका लागि ध्यानकर्षण गराउन दमक उद्योग बाणिज्य संघले दमकका सम्पूर्ण ब्यापार ब्यवसाय आज एक दिन बन्द गर्ने निर्णय गरेको बताईएको छ ।
दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले सामाजिक सञ्जाल फेसबुकमा लेखेकोछन्-
#दमक उद्योग वाणिज्य संघको सूचना
हिजो मिति २०७८साल मंसिर २९ गते बुधवारका दिन सांझको ७ बजेको समयमा यस दमक बजारको मुटुमा रहेको अत्यन्त व्यास्त बजार घिमिरे मार्केटमा व्यवसायीक क्षेत्रमा कार्यरत व्यक्ती प्रकास पराजुली लाई अज्ञात समुह बाट सांघातिक आक्रमण गरि हत्या गरिएकोले यस किसिमको खुलेआम आपाराधिक क्रियाकलाप वाट सम्पुर्ण उद्यमी व्यवसायी तथा आम स्थानिय बासीहरु असुरक्षित मात्र नभई त्रसित तथा आतंकित समेत हुन गएको आवस्था लाई मध्यनजर गर्दै हत्यारा लाई छिटो भन्दा छिटो पत्ता लगाई हदै सम्मको कानुनी कारवाही को माग गर्दै आज पौष १ गते आज १ दिन सम्पुर्ण पसल #व्यवसायहरु #वन्द राखी व्यवसायीक ऐकवद्धता कायम गरि दिनु हुन सम्पुर्ण उद्यमी व्यवसायी हरुमा हार्दिक अव्हान गरिन्छ ।
दमक उद्योग बाणिज्य संघ
दमक,झापा

