२०८३ असार १७, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

बिष्णुप्रसाद पोखरेल

दमक/ ईलाका प्रहरी कार्यालय दमकका प्रमुख नवराज कार्कीले बुधबार साँझ दमकको ब्यस्त बजार घिमिरे मार्केटमा भएको हत्याको बिषयलाई गम्भिर रुपमा लिदै अनुसन्धानलाई तिब्र बनाईएको बताएकाछन् । उनले केहि दिनभित्र नै हत्यारा पत्ता लगाउने पनि जनाएकाछन् ।

दमक उद्योग बाणिज्य संघले असुरक्षाको अवस्था आएको भन्दै हत्यरा पत्ता नलगाए कडा आन्दोलन गर्नु पर्ने अवस्था आउने भन्दै ईलाका प्रहरी कार्यालय दमकको ध्यानकर्षण गराएपछि कार्कीले हत्यारा पत्ता लगाउन कुनै कसर नराखिने बताए ।

घिमिरे मार्केमा स्थानीय एक पसलमा काम गर्ने दमक २ का २५ बर्षिय तेजप्रकाश पराजुलीको हत्या भएको थियो । उनि त्यहाँ कुनामा रहेको धारामा पानी लिन जाँदा सोहि ठाँउमा एक समुह आएर धारिलो हतियार प्रयोग गरेको जनाईएको छ ।

निक्कै ठुलो र धारिलो हतियार प्रयोग गरेको देखिन्छ, अनुसन्धानमा संलग्न प्रहरी श्रोतको भनाई छ । हत्याको कारण र हत्या गर्ने समुह वा ब्याक्तिको बिषयमा भने कुनै पनि पहिचान प्रहरीले अहिलेसम्म नपाएको पनि बताईन्छ ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई सहित दमक उद्योग बाणिज्य सघको टोलीले घटनाको बिषयमा ध्यानकर्षण गराउदै हत्यरा पत्ता लगाउन दबाब सिर्जना गराएको हो । संगै स्वतस्फूर्त रुपमा दमक बन्द पनि गराईएको थियो ।