२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शनिवार झापा आँउदैछन् । तीन दिनसम्म लगातर उनि दमक सहित झापाका बिभिन्न कार्यक्रमहरुमा सहभागि हुने जनाईएको छ । झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य समेत रहेका ओली दमकका बिभिन्न योजनाहरुको उद्घाटन तथा अवलोकन गर्ने कार्यक्रमहरु रहेको उनको सचिवालयले जनाएको छ ।

दमकमा कार्यक्रममा अन्य पार्टीका नाम चलेका केहि स्थानीय नेता कार्यकर्ताहरु समेत एमालेमा प्रवेश गराउने उनको कार्यक्रम रहेको बताईन्छ । यसका लागि तयारी भइरहेको पार्टीका एक नेताले जानकारी दिएकाछन् । शनिवार मोरंग र झापाको बिर्तामोडमा कार्यक्रम रहेपनि दमक बस्ने बताईएकोछ ।