दमक उद्योग बाणिज्य संघको ३० औ साधरणसभा, शुक्रबार पनि दमक खुला राख्न प्रस्ताव
दमक/ झापाको दमक बजार शुक्रबार पनि खोल्नका लागि साधरणसभाको बन्दशत्रमाआवाज उठेको छ । यसभन्दा अघि भएका कतिपय साधरणसभामा शुक्रबार नभएर शनिवार बन्द गर्ने आवाज पनि उठेको थियो ।
३० औ साधरणसभाको बन्दशत्रमा अब ७ दिन नै दमक बजार खुला गर्नु पर्ने संघका सदस्यहरुले कुरा उठाएकाहुन् । यस बिषयमा ठोस निर्णय भने नभएको बताईन्छ । कोभिडका कारण र बर्तमान आर्थिक अवस्थाले ब्यवसायीहरु धराशयी भएको भन्दै यस्तो आवाज उठेको जनाईएकोछ ।
साधारण सभाको उदघाटन कार्यक्रममा प्रमुख अतिथी नेपाल उदोग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं सार्क चेम्बर अफ कमर्सका सदस्य चण्डीराज ढकाल, , दमक नगर प्रमुख रोमनाथ ओली, संघका अध्यक्ष गोकुल श्रेष्ठ लगायतले उनीहरुलाई सम्मान गरेका थिए । साधारण सभामा बार्षिक प्रतिवेदन पेश गर्दै संघका अध्यक्ष श्रेष्ठले दमकको आवश्यकतासंग जोडिएका बिकास निर्माण तथा पर्यटन प्रवद्र्धन तथा व्यवसायिक हित सम्बन्धिका योजनाहरुमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
साधारण सभाका अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । संघले बर्षेनी प्रदान गर्दै आएको वाणिज्य पत्रकारिता पुरस्कारबाट यस बर्ष सप्तरङगी एफएमका प्रवन्ध निर्देशक गिरिराज भट्टराई पुरस्कृत भएका छन भने उत्कृष्ट व्यवसायीका रुपमा दमकका पुराना होटल तथा रेष्टुरेँन्ट व्यवसायी डम्बर बहादुर राई र फलफुल व्यवसायी राजोदेवी शाहलाई सम्मान गरिएको छ ।
त्यसैगरी त्यस्तै आम्दा अस्पतालका डा. नविन ढकाल र दमक अस्पतालकी देवी दंगाल तथा संघका पूर्व अध्यक्ष एवं महामारी नियन्त्रण महाअभियानका संयोजक प्रकाश प्रसाइँ नेतृत्वको समितिलाई पनि कोरोना महामारी नियन्त्रणमा महत्वपूर्ण योगदान गरेको भन्दै संघले सम्मान गरेको छ ।
त्यस्तै संघका कार्य समिति सदस्य चन्द्र खत्री र व्यवसायी रमेश अधिकारी निर्माण व्यवसायी संघ झापामा निर्वाचित भएकोमा सम्मान गरिएको छ । अधिकारी संघको वरिष्ठ उपाध्यक्ष र खत्री कोषाध्यक्षमा निर्वाचित भएका थिए । होटल तथा पर्यटन व्यवसायी संघको प्रदेश अध्यक्षमा निर्वाचित वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य राजन दंगाललाई सम्मान गरियो ।

