२०८३ कार्तिक २, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापा दमकका लायन्स क्लवहरु बालबालिकाहरुको स्वास्थ्य समस्याको बारेमा सचेतना अभियानमा जुटेकाछन् । लायन्स क्लव अफ झापा दमक, युनाईटेड, दमकm डायनमिक, लियो क्लव अफ युनाइटेडको आयोजना र बिर्ताज्योती आँखा अस्पताल दमक, ओम शान्ति डेन्टल हस्टिपटलको प्राविधिक सहयोगमा स्वास्थ्य शिबिर भएकोछ ।

सोमबार दमक ५ स्थित सर्वोदय स्कूलमा स्वास्थ्य शिबिर भएको हो । स्वास्थ्य शिबिरमा निशुल्क रुपमा आँखा र दाँतको परिक्षण गरिएको लायन्स क्लव अफ झापाका अध्यक्ष अशोक चौधरीले जानकारी दिएकाछन् ।

यसैगरी सोहि अवसरमा वालरोग विशेषज्ञ डा. अनिल थापाले बालबालिकाहरुलाई क्यान्सरको सम्भावित लक्षण तथा क्यान्सरबाट बच्न सकिने उपायहरुको बिषयमा बिद्यार्थीहरुलाई जानकारी गराएको जोन चियर पर्सन तुलसि तिम्सिनाले बताएकाछन् । उनका अनुसार लायन्स क्लवहरुले बालबालिकाहरुमा हुने क्यान्सरको बिषयमा दमकमा अभियान नै चलाइरहेको बताए ।