२०८३ कार्तिक १, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ नेपाली उपभोक्ता संरक्षण महासंघको( एफएनसिपि)को जिल्ला समिति निर्माण भएको छ । झापाको दमकमा महासंघका प्रदेश अध्यक्ष नारायण योङहाङ र महासचिव बिष्णुप्रसाद पोखरेलको उपस्थितिमा महासंघको जिल्ला समिति निर्माण भएको हो ।

दीपु चापागाई (सन्दिप)को अध्यक्षतामा बनेको समितिको उपाध्यक्ष शिवभक्त शाही, सचिवमा बिरोध सुवेदी, सह सचिवमा सुरेन्द्र भण्डारी र कोशाध्यक्षमा राधा पोखरेल रहेकाछन् । गृह मन्त्रालय मार्फत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको रायमा महासंघ स्थापित भएको हो ।

प्रदेश अध्यक्ष योङहाङले महासंघको जिल्ला समितिहरु बिस्तार शुरु भएको जनाए । प्रदेशभरका जिल्लाहरुमा महासंघ गठन शुरु भएको र झापामा पहिलो जिल्ला समिति बनेको पनि उनले जनाए । जिल्लापछि स्थानीय तहहरुमा पनि महासंघ बन्ने छ । प्रदेश कोशाध्यक्ष रुपा सेलिङ लगायतको उपस्थिति रहेको थियो ।

कालोबजारी तथा समाजमा रहेका विकृतीहरु बिरुद्ध आवाज उठाउन स्वतन्त्र निकायको रुपमा महासंघ स्थापित भएको महासंघका केन्द्रिय अध्यक्ष चन्द्र साउदले बताएकाछन्  । देशभर नै प्रदेश र जिल्ला स्तरमा महासंघ विस्तार भइरहेको पनि उनको भनाई छ ।