२०८३ कार्तिक २, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ दमक लखनपुर भेट्रान क्लबको आठौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले क्लवको नयाँ नेतृत्व चयन गरेको छ । यस क्षेत्रका सामाजिक तथा ब्यवसायीक क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेका दिवस राईको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको छ। समितिको खेल संयोजकमा मीन मगर सर्वसम्मत निर्वाचित भएकाछन् ।

शुक्रबार भएको अधिवेसनले उपाध्यक्षमा एल.बी विष्ट र खड्क राई, सचिवमा बसन्त विक्रम कुवर, सहसचिवमा सुवास आङ्थुपो, कोषाध्यक्षमा लक्षमन मादेन निर्वाचित भएकाछन् । सदस्यहरूमा गंगा लिम्बु, बिनय श्रेष्ठ, भक्त बहादुर मगर, शुशिल तामाङ, कृष्ण कार्की, पदम भण्डारी र ओर्गेन राई निर्वाचित भएकाछन् ।

समितिको सल्लाहकारमा भरत चम्लागाई र भोजकुमार राईलाई अधिवेसनले चयन गरेको छ । टिम कोचमा कुमार गिरी, टिम क्याप्टेनमा अजेन तुम्वापो, सहायक टिम क्याप्टेन विकाश राई रहेको समितिले जनाएको छ ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ९मामा०को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमल गाउँपालिका वडा नं. ५ का अध्यक्ष डम्बर बहादुर निरौला, दमक नगर खेलकुद समितिका संयोजक भीम चम्लागाई, संस्थाका संस्थापक अध्यक्ष भरत चम्लागाई लगायतले शुभकामना दिएका थिए ।