२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापा दमक ५ मा रहेको थ्री ईन होटल रेष्टुरेन्ट एण्ड बारले आफ्नो प्रथम बार्षिकोत्सवको अवसरमा बिपतमा परेकाहरुका लागि राहत कोष बनाउने घोषणा गरेको छ । दैनिक २ सयका दरले बैक तथा सहकारी संस्थामा राहत कोषमा रकम जम्मा गर्ने र बिपतमा परेकहरुलाई सहयोग गरिने थ्री ईन होटल रेष्टुरेन्ट एण्ड बार प्रा.लिका अध्यक्ष टीकाराम खतिवडाले बताएकाछन् ।

बार्षिकोत्सवमको अवसरमा भएको एक कार्यक्रममा होटल ब्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष राजन दंगाल सहित होटलमा निरन्तर रुपमा एक बर्षदेखि कार्यरत ३ जना कामदारलाई सम्मान समेत गरिएको थियो ।

होटलका कामदार दीपा नेपाली, प्रकाश श्रेष्ठ र ईन्द्र ठकुरीलाई प्रंशाशापत्र सहित पुरस्कृत गरिएको थियो । होटलका सञ्चालक पुर्णध्वज आङ्दम्बेले यो एकबर्ष कठिनाई पुर्ण रुपमा भएपनि आफुहरुले निरन्तर आफ्नो सेवालाई गुणस्तरीयता प्रदान गर्न लागि परेको जनाए ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघीय साँसद महेन्द्रकुमारी सुब्बा, लायन्स लिडर अजय अग्रवाल, ईलाका प्रहरी कार्यालय दमकका प्रमुख नवराज कार्की, भेनियर ब्यवसायी दीपक पाण्डे लगायतको उपस्थिति रहेको थियो ।