दूईपटक संविधान सभा सदस्य जितेका कार्की नेकपा एमाले झापा जिल्ला अध्यक्षका प्रमुख दाबेदार
दमक/ झापामा लोकप्रीय नेताको छबि बनाएका दीपक कार्की नेकपा एमाले झापाको अध्यक्ष सर्वसम्मत बन्न सम्भावाना बढेको छ । दूई पटकसम्म संविधान सभा सदस्य जितेका र विकासप्रेमी नेताको रुपमा परिचित उनलाई बारम्बार रुपमा अवसरबाट बञ्चित गराईदै आएकोमा एमालेका कार्यकर्ताहरु नै असन्तुष्ट रहेका थिए । झापामा पहिलो संविधान सभा सदस्यमा सबै उम्मेद्वार हार्दा पनि उनी विजयी भएर त्यो समयमा पार्टीका साख बढाएका थिए ।
उनि जिल्ला अध्यक्ष र मन्त्रि पहिलै भइसक्ने सक्षम नेता हुन् तर उनलाई बारम्बार अवसरबाट बञ्चित गराईदा पनि पार्टी काममा निरन्तरछन्, एमालेका एक जिल्ला नेताले भने । अब पनि उनलाई रोक्दा ईमान्दार राजनीति गर्नेहरु हतोत्साहि हुने अवस्था रहन्छ, ति नेताले भने ।
उनि एमालेको जिल्ला सदस्य हुँदै उपाध्यक्षसम्म भएपनि उनलाई अध्यक्षमा रोकिएको थियो । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि उनले त्याग गर्दै आएका थिए । एमाले केन्द्रीय कमिटीको निर्णय अनुसार पुस २३ र २४ गते नयाँ नेतृत्व चयनका लागि हुने जिल्ला अधिवेशनमा अध्यक्षमा उनको नाम चुलिदै गएको छ ।
नयाँ नेतृत्वको बारेमा एकसाता अधि पार्टी अध्यक्ष केपी शर्मा ओली झापा आँउदा छलफल भएको पनि जनाईएको छ । पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा दाबी अन्यको रहेपनि सर्वसम्मत नेतृत्व चयन हुने बताईन्छ । वर्तमान अध्यक्ष चिन्तन पाठक प्रदेश पदाधिकारी बनिसकेकाछन् ।

