२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ फेरी झापामा कोरोनाको उच्च जोखिम बढेको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा सोमबार एकैदिन ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो सयममा एकैदिन सबैभन्दा बढि कोरोना संक्रमित आज देखिएको हो ।

मेची कोटीहोम ल्याबमा ९० जनाको परीक्षण गर्दा २८ जनालाई संक्रमण पुष्टि भएको बतार्ईएको छ । झापामा ७९ जना सक्रिय संक्रमित पुगेकाछन् । पछिल्लो २४ घण्टामा १ हजार ४४६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ९६५ पीसीआर र २ हजार ४६४ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।