दमकस्थित एडभान्स मल्टिस्पेशियालिटी हस्पिटल तोडफोड, प्रहरी र आक्रोशित समुहबीच झडप
दमक/ झापाको दमकस्थित एडभान्स मल्टिस्पेशियालिटी हस्पिटल तोडफोड भएकोछ । एक दुई महिनो बालकको उपचारमा लापरवाही भएको र सोहि कारण मृत्यु भएको पीडितका आफन्तहरुले आरोप लगाउदै गय राती अस्पताल घेराउ गरेका थिए ।
अस्पतालका लापरवाहीले गर्दा वालक गम्भिर बनेको र यहाँबाट धरान रेफर गरेको वालकका आफन्तले बताएकाछन् । धरानको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा वालकको मृत्यु भएपछि आफन्तहरुले शव लिएर आएर एडभान्स हस्पिटल अगाडि प्रदर्शन गरेकाहुन् ।
आक्रोशित समुहले अस्पतालमा तोडफोड गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । राती अबेरसम्म अस्पताल परिसरमा प्रहरी र आक्रोशित समुहबीच झडप भएको थियो ।

