दमकका लायन्सकर्मीहरुले सताक्षीधाममा यसरी मनाए माघे संक्रान्ति
दमक/ लायन्स क्लप अफ ईन्टरनेशनलका जन्म दाता मेल्भिन जोन्स को १४३ औ जन्मजयन्तीको अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत झापा दमकका बिभिन्न लायन्स क्लवहरुले संयुक्त रुपमा शिवसताक्षी नगरपालिकाको सताक्षीधाममा रहेका जेष्ठ नागरिकहरुसंग माघेसंक्रान्ति विशेष कार्यक्रम र न्यानो कपडा बितरण कार्यक्रम भएको छ ।
लायन्स क्लव अफ झापा दमक, सेविका, बिगबुद्ध र बेलसिटीको आयोजनामा सताक्षीधाम मन्दिर परिसरमा कार्यक्रम भएको हो । लायन्स क्लव अफ ईन्टरनेशन ३२५ ए वानका गर्भनर एड चिफ अजयकुमार अग्रवालको प्रमुख आतिथ्य, लायन्स लिडरहरु ज्ञाननाथ पौड्याल, दिवस राई , हेमसिं अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

लायन्स क्लव अफ सेविकाकी अध्यक्ष ज्ञानु बुढाथोकीको सभापतिमा सञ्चालन भएको कार्यक्रम लायन्स क्लव अफ बिगबुद्धका रुवल अधिकारीले सञ्चालन गरेका थिए । आफुमात्र माघे संक्रान्ति मनाउनेभन्दा पनि जसले परिवारका साथ पाएका छैनन् उनिहरुका साथ माघे सक्रान्ति मनाउदा छुट्टै आनन्द आएको त्यहाँ सहभागि लायन्सकर्मीहरु बताएकाछन् ।
यसभन्दा अघि पनि यिनै क्लवहरुले दमक ८ मा रहेका बालश्रममा पनि कार्यक्रम गरेका थिए । जहाँ लायन्स क्लव अफ झापाले त्यहाँ आवश्यक रहेका बिभिन्न सामाग्रिह पनि प्रदान गरेको लायन्स क्लव अफ झापाका प्रथम उपाध्यक्ष रामकुमार थपलियाले बताए ।
