२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल
दमक/ दमकस्थित एडभान्स मल्टीस्पेसियालिटी हस्पिटलमा भएको तोडफोडप्रति दमकस्थित सम्पूर्ण अस्पतालहरु विरोध जनाउदै अस्पताल र यहाँ कार्यरत रहने स्वास्थ्यकर्मीहरुको सुरक्षाको माग गरेकाछन् ।

सरकारी दमक अस्पताल, लाईफलाइन अस्पताल, निम्स नेश्नल हस्पिटल, आम्दा अस्पताल, ओम मेची अस्प्ताल, नमस्ते हस्पिटल, दमक हस्पिटल एण्ड रिसर्च सेन्टर र तोडफोड भएको एडभान्स मल्टीस्पेसियालिटी हस्पिटलले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै घटनामा संलग्नहरुको पहिचान गरेर कार्वाही गर्न समेत माग गरेको छ ।

स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा उपचारको क्रममा भएको मृत्युको घटनालाई अतिरञ्जित गर्दै अपराधिक मानसिकता बोकेका व्यक्तिहरुले हातपात गर्ने, अस्पताल तोडफोड गर्ने तथा अत्यन्तै अमानवीय अपराधिक गतिविधिहरु गरी शान्तिपूर्ण वातावरणमा उपचार गर्ने गराउने वातावरणलाई नै खलल पुर्याइएको प्रति दमकमा सञ्चालित अस्पतालहरु घोर भत्सना र निन्दा गर्दर्छौ, बिज्ञप्तिमा भनिएकोछ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधिक समूहहरुले दुर्व्यवहार गर्ने, अस्पतालमा तोडफोड गर्ने जस्तो जघन्य अपराध हुनुले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुबाट स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण नभएको अस्पतालहरुको भनाईछ । अस्पताल जस्तो शान्तिपूर्ण क्षेत्रमा हुने यस्ता गतिविधिले बिरामीको उपचारमा खटिएका चिकित्सकहरु आतंकित मनस्थितिमा रहँदमा बिरामीको उपचार गर्न समेत कठिनाई भएको छ, एडभान्स मल्टीस्पेसियालिटी हस्पिटलका अध्यक्ष माधव पराजुलीले भन्नुभयो ।

घटनामा संलग्नहरुको पहिचान गरी कानूनी कारवाही नगरे स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका निम्ति आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने समेत अस्पतालहरुले सामुहिक रुपमा चेतावनी पनि दिएकाछन् । यस्तो महामारीमा ज्यानको बाजि लगाएर काम गरिहेका छा,ै यस्तै हो भनेअब अस्पतालमा गएर कसरी काम गर्ने ? दमक अस्पतालकी सूचना अधिकारी देबी दंगालले भन्नुभयो ।

एक वालकको उपचारमा हस्पिटलले लापरवाही गरेको र सोहि कारणले गर्दा मृत्यु भएको भन्दै पीडितका आफन्त लगायतका ब्याक्तिहरुको आक्रोशित समुहले मंगलवार राती अबेरसम्म पनि अस्पताल क्षेत्रमा प्रर्दशन गर्दै ढुंगामुढा गरेको जनाईएको छ । ईलाका प्रहरी कार्यालय दमकका प्रमुख नवराज कार्कीका अनुसार अस्पतालका सिसाहरु तथा अन्य बिभिन्न भौतिक क्षति भएको छ ।

आक्रोशित समुहले अस्पतालको भवनका सिसाहरु फुटाईदिएकाछन् । प्रहरी र आक्रोशित समुहबीच दूई घण्टाभन्दा बढि समयसम्म लगातर रुपमा झडप भएको पनि बताईएको छ । झडपमा परेर एक सुरक्षाकर्मी गम्भिर घाईते बनेको र उहाँको उपचार भइरहेको पनि प्रहरीले जनाएकोछ ।