२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ शुक्रबार झापामा कोरोना संक्रमणबाट १ को मृत्यु भएको र १८६ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जाँच गराईएकामध्ये ७० प्रतिशतभन्दा माथिमा कोरोना संक्रमण रहेको पाईएपछि जिल्लामा आंशिक रुपमा लकडाउनको कसरत पनि भइरहेको बताईन्छ ।

ओमिक्रोन भेरियन्टको संक्रमण दर तीब्र रुपमा फैलिन थालेपछि अब कुनै पनि प्रकारको सभा समारोह, आमसभा, जुलुस, भेला गर्न नपाईने भएको छ । जिल्ला प्रसाशन कार्यालय झापाले बिहीवार राति १२ वजेदेखि लागु हुने गरी माघ मसान्तसम्म सभा समारोह, आमसभा, जुलुस, भेला गर्न रोक लगाउने आदेश जारी गरेको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशमा सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप यहि माघ मसान्तसम्म सञ्चालन गर्न नपाउने उल्लेख गरिएको छ ।