२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ दमक जेसिजको ४१ औ साधरण सभामार्फत दमकका युवा ब्यवसायी तथा जेसिजकर्मी संजिव बराल सर्वसम्मत रुपमा अध्यक्ष बनेकाछन् । शुक्रबार भएको साधरण सभाबाट उनि सर्वसम्मत अध्यक्ष बनेको बताईएको छ ।

दमक जेसिजले यसै साता साधरण सभा बोलाउदै छोटो रुपमा निर्वाचनका कार्यक्रमहरु अघि सारेको थियो । एक पद, एक बर्ष, एक कार्यकालको प्रजातन्त्रिक अभ्यास गर्ने संस्थाको रुपमा जेसिज चिनिन्छ । बरालले दमक जेसिजमा अधिकाँश पदहरुमा रहेर काम गरिसकेका थिए ।