सवारी दुर्घटनामा परी झापाका १८ वर्षीय एक युवाको मृत्यु
दानाबारी । इलामको माई नगरपालिकामा भएको सवारी दुर्घटनामा परी झापा मेचीनगर ८ आयाबारीका १८ वर्षीय एक युवाको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजे झापाबाट माईको चिलिमकोट बगानमा पिकनिक जाने क्रममा माई नगरपालिका २ मस्तेमा १८ वर्षीय अनुष श्रेष्ठ मृत्यु भएको हो ।
मे. १० प ६८४३ नम्बरको केटिएम डुक मोटरसाइकल अनियन्त्रित हुँदा उनी करिब २० मिटर तल उछिटिएका थिए । माई अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल पठाइएकोमा अस्पताल पुर्याउँदा उनलाई ज्यान गएको पुष्टि गरिएको ईलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक शुक्र राईले जानकारी दिए ।

