सरकारी दमक अस्पतालको ईमरजेन्सि बाहेकका सेवा बन्द
दमक/ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि झापाको दमकस्थित सरकारी दमक अस्पतालको अत्यआवश्यक बाहेकका सेवाहरु बन्द भएकाछन् । दमक अस्पतालकी सूचना अधिकारी देबी दंगालका अनुसार बुधबारदेखि शुक्रबारसम्म अत्यआवश्यक बाहेकका सेवाहरु बन्द गरिएको हो ।
अस्पतालका एक दर्जनभन्दा बढि चिकित्सक सहित स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । यस क्षेत्रको स्वास्थ्य बिमाको प्रथम विन्दु दमक अस्पतालमा विरामीहरुको चाप अधिक रहने गरेको छ ।


