झापाको एक उद्योगमा भिषण आगलागि-भारतका ३ सहित १३ वटा दमकलको साहयतामा आगो नियण्त्रण
दमक/ झापाको मेचीनगर स्थित काँकरभिट्टाको एसएस फुटवेयरमा लागेको आगो भारतीय ३ वटा दमकल र नेपालका १० वटा दमकलको प्रयोग भएर ५ घण्टापछि नियन्त्रणमा आएको छ ।
विहिबार (आज) विहान १२ वजे उद्योगमा लागेको आगो साँझ ५ बजे नियण्त्रणमा आएको ईलाका प्रहरी कार्यालय काकटभिट्टाका प्रमुख सुनिल दाहालले बताएकाछन् ।
जुत्ता उद्योगमा बिद्यूत सर्ट भएर लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी सुनिलसिंह दाहालले बताए ।
भारतबाट आएका ३ वटा दमकल साथै झापा र मोरङका १० वटा दमकलले पटकपटक पानी भरेर आगो निभ्याएका थिए । आगलागिबाट ८ करोड ३० लाख बराबरको प्रारम्भिक क्षतिको विवरण आएको प्रहरीको भनाई छ ।

